Comments Add Comment

विपिनलाई ‘सेल्फी किङ्ग’को चटारो

 

नायक विपिन कार्की र कलाकार लक्ष्मी वर्देवाको मुख्य भूमिका रहेको चलचित्र ‘सेल्फी किङ्ग’ छायांकन सुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभसाइत गर्दै छायांकन सुरु गरिएको छ । चलचित्र ‘सेल्फी किंग’को छायाँकन शुरु भएको छ । मंगलबार बिहान भक्तपुरको गणेश मन्दिरमा शुभमुर्हुत गर्दै छायाँकन शुरु गरिएको हो ।

‘सेल्फी किंग’को नामले परिचित चर्चित हाँस्य कलाकारले कला यात्राको दौरान आफुले पाएको सफलता र व्यक्तिगत जीवन बिचको सन्तुलन मिलाउन गर्ने संघर्षको कथामा यो चलचित्र बन्नेछ । पहिलो दिन उक्त कलाकार सांस्कृतिक कार्यक्रमका लागि काठमाण्डौंबाट सोलुखुम्बुतर्फ जाँदै गर्दाको यात्राको दृष्य छायांकन गरिएको छ ।

चलचित्रमा काठमाण्डौदेखि सोलुखुम्बु सम्मका बिभिन्न रमणिय स्थानहरुमा चलचित्रको छायांकन गरिने निर्माणपक्षले बताएको छ । २५ दिन लामो पहिलो सेड्युलमा सोलुखुम्बु, खुर्कोट, घुर्मि लगायतका स्थानमा चलचित्र खिचिनेछ ।

बिशाल सापकोटाले निर्देशन गर्ने चलचित्रलाई कमेडी ड्रामा भनिएको छ । चलचित्रमा भुवन चन्द, अभय बराल, लोकमणी सापकोटा, सविन बाँस्तोला, कमल देवकोटा, राजेश बिसुराल लगायतका कलाकारको अभिनय रहनेछ । नायिका केकी अधिकारी आइटम गीतमा देखिनेछिन् । सुभाष थापा दिनेश राउतले मिलेर यो चलचित्रको निर्माण गर्न लागेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment