+
+

नक्कली चुरोट खुलेआम बिक्री

अनलाइनखबर अनलाइनखबर
२०७६ कात्तिक ६ गते १९:५५

६ कात्तिक, काठमाडौं । नेपाल र भारत सीमासँग जोडिएको प्रायः बजारमा नक्कली चुरोट खुलेआम बिक्री वितरण गरिएको पाईएको छ । जनकपुर क्षेत्रमा नेपाली ब्राण्डका नक्कली चुरोट खुकुरी र शिखरको बिगबगी बढेको छ । कार्यान्वयन गर्ने उदासिनताका कारण यस्तो समस्या देखिएको हो ।

धनुषा तथा महोत्तरीको सहरी तथा ग्रामीण क्षेत्रमा नेपाली ब्राण्डकै भारतीय नक्कली चुरोटको बिक्रीवितरण भइरहेको हो । यो समस्या यी दुई जिल्लामा मात्र नभई प्रदेश दुईका आठै जिल्ल्ाामा रहेको छ । जनकपुर भन्सारले धनुषाको गोदारस्थित सम्झना ट्रेडर्स र रुबी ट्रेडर्समा छापा मारेर १ लाख १४ हजार रुपैयाँभन्दा बढी मूल्यको खुकुरी र शिखर ब्रान्डको नक्कली चुरोट बरामद गरेको हो ।

तर नक्कली चुरोट बिक्री गर्नेलाई अहिलेसम्म कुनै कारबाही भएको छैन । समान बरामद गर्नुले मात्रै नपुग्ने भन्दै यसमा कारबाही प्रक्रिया अगाडि नबढेसम्म नक्कली समस्यामा कमीन आउने जानकार बताउँछन् ।

सरकारले नियम बनाए पनि नियमको कार्यन्वयन हुन नसकेकै कारण नेपाली बजारमा नेपाली ब्रान्डकै भारतीय नक्कली सूर्तीजन्य पदार्थको बिक्री वितरण एवं कारोबार हँुदै आएको जिल्ला प्रहरी कार्यालय धनुषाको कार्यालय टोलीले सो कुरा खुलाएको हो ।

धनुषाको यदुकोहा ,सबैला, भठियन, भररिया, गोदार महोत्तरीको जलेश्वर, मटिहानी, सम्सी, गौशला र सर्लाहीको मलंगवा हरिपूर्वा लगायत स्थानमा छ्याप्छ्याप्ती रुपमा नेपाली ब्राण्डका खुकुरी र शिखर भारतीय नक्कली चुरोटको बिक्री वितरण भईरहेको छ ।

सम्बन्धित निकायले ठोस रुपमा अनुगमान गर्न नसक्दा भारतसँग सिमा जोडिएका नेपाली क्षेत्रमा खुले आम रुपमा नक्कली ब्रान्डका सूर्तीजन्य पदार्थ बिक्री भइरहेको छ भने राजस्व छली समेत हुदै आएको आन्तरिक राजस्व कार्यालयले जनाएको छ ।

नक्कली भारतीय सूर्तीजन्य पदार्थ नेपाली बजारमा पाउन थालीए पछि नेपाली उद्योग धाराशायी हुने स्थितिमा पुगेका छन् । नक्कली खुकुरी चुरोट र असली चुरोटमा अन्तर सम्बन्धमा सूर्य नेपाल प्रालिले सक्कलीमा गाढा रातो रंगको डिब्बा छ भने नक्कलीमा कम रातो रहेको छ ।

सक्कलीमा स्टिकर लोगो रहेको छ भने नक्कलीमा त्यस्तो केही हुँदैन । ती जिल्लाका सीमावर्ती क्षेत्रबाट महिनामा कम्तीमा ५ करोड रुपैयाँ बराबरको नक्कली चुरोट अबैध रुपमाभित्रिने गरेको दाबी स्वदेशी उत्पादकको छ ।

अवैध कारोबारीले प्रतिमहीना करिब ३ करोड रुपैयाँ अन्तःशुल्क छलेको अनुमान गरिएको छ । नियन्त्रणका निकायले कारबाहीमा खासै चासो नदेखाएको आरोप उत्पादक प्रतिनिधिले लगाएका छन् ।

आव २०७५/०७६ मा अधिकतम ८७ प्रतिशतसम्म र सरदर सवै चुरोटमा ४० प्रतिशत भन्दा धेरैले कर बृद्धि गरिएको र आव २०७६/०७७ मा थप १० प्रतिशत कर बृद्धि गरिएकोले एकाएक सूर्तिजन्य पदार्थ विशेष गरेर चुरोटको अवैध व्यापार उल्लेख्य रुपमा बढेको छ । अत्याधिक कर लाग्ने भएकोले कर छलेर बेचिने यस्ता नक्कली चुुरोटमा अधिक नाफा हुने भएकोले अवैध व्यापार बढेको हो ।

राजधानीमा छ्याप्प छ्याप्ती पाइने विदेशी कर छलेका चुरोटका अलावा स्वदेशी ब्राण्डका नक्कली चुरोट समेत तराईका बजारमा छ्याप्पछ्याप्ती पाइन थालेपछी स्वदेशी उद्योग समस्यामा पर्ने मात्र नभइ नेपाल सरकारले समेत उल्लेख्य गुमाउने देखिन्छ ।

उद्योग सम्बद्ध स्रोतका अनुसार गैरकानुनी चुरोटका कारण राज्यले करिब २३० करोड र अन्य गैरकानुनी सूर्तिजन्य पदार्थका कारण बर्षेनी करिब ५७० करोड गरी कुल ८०० करोड बराबरको राजश्व गुमाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?