Comments Add Comment

महिलालाई अश्लील सन्देश पठाउने पक्राउ

२० कात्तिक, विराटनगर । महिलालाई सामाजिक सञ्जालमार्फत अश्लील सन्देश पठाएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

विराटनगर पुष्पलाल चोककी महिलाले दिएको उजुरीका आधारमा प्रहरीले विराटनगर-३ भट्टा चोकमा बस्दै आएका खेमराज नेपाललाई पक्राउ गरेको हो ।

नेपाल जग्गा कारोवार र पर्यटन व्यावसायसँगै लायन्स क्लबमा पनि सकि्रय छन् । नेपाललाई आइतबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजकुमार खिइजूले जानकारी दिए ।

विराटनगर पुष्पलाल चोककी एक महिलाले दिएको उजुरीका आधारमा पक्राउ परेका नेपाललाई अभद्र व्यावहार मुद्दा दर्ता खिइजूले बताए ।

प्रहरीका अनुसार आइतबार राति नेपालले महिलालाई सामाजिक सञ्जाल फेसबुकको म्यासेञ्जरमा अश्लिल सन्देश पठाएका थिए ।

सामाजिक सञ्जालमार्फत गरेको दुर्व्यवहारमा साइबर क्राइम मुद्दा आकषिर्त हुन्छ । तर, पीडित महिलाले साइबर क्राइम मुद्दा चलाउन नमानेपछि अभद्र व्यवहार मुद्दा दर्ता गरेको खिइजूले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment