+
+
Shares

कलेजबाट ठगिएको भन्दै नर्सिङका विद्यार्थीले गरे माइतीघरमा प्रदर्शन

चन्द्र आले चन्द्र आले
२०७६ कात्तिक २० गते १८:५८

२० कात्तिक, काठमाडौं । भक्तपुरस्थित चक्रवर्ती हबी एजुकेसन एकेडेमी कलेज अफ नर्सिङ साइन्सका ३०जना विद्यार्थीहरु अन्यायमा परेको भन्दै आन्दोलनमा उत्रिएका छन्। कलेजको कारण अलपत्र परेको भन्दै उनीहरूले बुधबार माइतीघर मण्डलामा नाराबाजीसहित प्रदर्शन गरेका हुन्।

विगत लामो समयदेखि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) र शिक्षा मन्त्रालय धाइरहेका उनीहरु अन्तिम विकल्पको रुपमा आन्दोलनमा उत्रिएको बताउँछन्।

कलेजले आफूमाथि गरेको ठगीका विषयमा सीटीईभीटी र शिक्षा मन्त्रालय समक्ष अवगत गराउँदा पनि कारबाही नभएको उनीहरुको आरोप छ। उनीहरुका अनुसार कलेजले पीसीएल नर्सिङ पढाउने भन्दै ३ लाख ११ हजार रुपैयाँका दरले असुलेको थियो।

४० प्रतिशत रकम सुरुमा बुझाउनुपर्ने भए पनि कलेजले ६० प्रतिशत मागेको थियो। सीटीईभीटीमा रजिष्ट्रेसन भइरहेको बताउँदै आस्वस्त पारेपछि विद्यार्थीहरु भर्ना भएका थिए। तर, कलेजले सीटीईभीटीमा उनीहरुको नाम दर्ता नै गरेको रहेनछ।

कलेजले पटक-पटक आफ्नो नीतिनिर्देशन विपरीतका गतिविधि गरेको, विद्यार्थी भर्ना समेत जारी राखेको गरेको, मापदण्ड पूरा नगरेको भन्दै सीटीईभीटीले २०७४ सालमा सो कलेजको समबन्धन खारेज गरेको थियो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?