Comments Add Comment

मन्त्रिपरिषद् बैठकपूर्व नेकपा सचिवालय बस्दै, उपचुनावका उम्मेदवार टुंगो लगाइँदै

१७ कात्तिक, काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा आज बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक साढे ६ बजेका लागि सारेर ५ बजेबाट नेकपाको सचिवालय बैठक बोलाइएको छ ।

आइतबार अपरान्ह ५ बजे सचिवालय बैठक बोलाइएको नेकपाका एक शीर्ष नेताले अनलाइनखबरलाई जानकारी दिए । आजको बैठकमा उपनिर्वाचनका लागि नेकपाका उम्मेदवारहरुको टुंगो लगाउने कार्यसूची छ ।

सचिवालयको बैठक शनिबार तीन घण्टासम्म बसेर विनानिष्कर्ष टुंगिएको थियो । शनिबारको बैठकमा उपचुनावका उम्मेदवारबारे छलफल भएको र आज निष्कर्ष निकालिने नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शनिबार सञ्चारमाध्यमलाई प्रतिक्रिया दिएका थिए ।

नेकपाले कास्की क्षेत्र नम्बर २ मा प्रतिनिभिसभा सदस्य एवं भक्तपुर, बाग्लुङ र दाङमा प्रदेशसभा सदस्यहरुको उम्मेवारी टुंगो लगाउन बाँकी छ । ती स्थानहरुमा आगामी मंसिर १४ गते उपनिर्वाचन हुँदैछ ।

यसैवीच सचिवालयको बैठक सकिएपछि साँझ साढे ६ बजे क्याबिनेट बैठक बस्ने भएको छ ।

आजै बिहान ११ बजेदेखि डेढ घण्टासम्म क्याबिनेट बैठक बसेको थियो । बिहानको क्याबिनेटले डा. भगवान कोइरालालाई नेपाल मेडिकल काउन्सिलको अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

बिहानको बैठक नियमित भएको र बिहानै टुंगिएको बताइए पनि बेलुका फेरि बैठकका लागि मन्त्रीहरुलाई बालुवाटार बोलाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment