
१७ कात्तिक, काठमाडौं । बेलुका ५ बजे बस्ने भनिएको मन्त्रिपरिषद बैठक फेरि सरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटार स्रंोतका अनुसार साँझ साढे ६ बजे बस्ने गरी बैठक सरेको हो ।
दिउँसो ११ बजे बोलाइएको मन्त्रिपरिषदको नियमित बैठक करिब डेढ घण्टा बसेर टुंगिएको थियो । त्यसपछि फर्किएका मन्त्रीहरुलाई अपरान्ह ५ बजे मन्त्रिपरिषदको अर्को बैठक बस्ने भनी बालुवाटारबाट सूचना पठाइएको थियो ।
त्यसपछि दिउँसो ४ बजे मन्त्रीहरुलाई बालुवाटारबाट अर्को सूचना दिई बैठक साढे ६ बजेका लागि सरेको जानकारी गराइएको एक मन्त्रीले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4