
८ मंसिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले भारतीय नक्साको विषयमा नेपाली कांग्रेस पार्टीका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले तुच्छ स्वार्थका लागि अक्षम्य धारणा व्यक्त गरेको बताएका छन् ।
‘भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीमाथि आरोपित गर्दै पूर्वप्रधानमन्त्री देउवाले बोलेको कुराको जति निन्दा र भत्र्सना गरे पनि कम हुन्छ,’ श्रेष्ठले समाजिक सञ्जाल टि्वटरमा भनेका छन्, ‘तात्कालिक तुच्छ स्वार्थ (चुनाव)का लागि राष्ट्रियता जस्तो संवेदनशील विषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ, अझै चेतेनन् ।’
यो पनि पढ्नुस्–
देउवाको दावी : ओलीसँग सल्लाह गरेरै भारतले नक्सा छापेेको हो
भारतले नेपालको सीमा मिचेर बनाएको नक्साका बारेमा प्रधानमन्त्री ओली माथि आरोपित गर्दै देउवाले आज पोखरामा बोलेको कुराको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ।तात्कलिक तुच्छ स्वार्थ(चुनाव)का लागि राष्ट्रियता जस्तो सँबेदनशील बिषयमा यसरी जथाभावी बोल्नु घातक र अक्षम्य छ । अझै चेतेनन्।
— NKShresthaPrakash (@nksthaprakash) November 23, 2019
कांग्रेस सभापति देउवाले कास्कीमा शनिबार आयोजित चुनावीसभामा भारतले विवादित नक्सा प्रधानमन्त्री ओलीसँग सल्लाह गरेरै छापेको आरोप लगाएका थिए ।
लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका नेपाली भूमि आफ्नोमा राखेर भारतले सार्वजनिक गरेको नक्साको विरोध भइरहेका बेला देउवाको यस्तो धारणा आएको हो ।
यो पनि पढ्नुस्–
देउवालाई बास्कोटाको जवाफ : नाकाबन्दीमा म्याउँ गर्न नसक्ने, अहिले ढाडे बन्ने ?
प्रतिक्रिया 4