+
+

यसरी हुँदैछ रानीपोखरी पुनर्निर्माण (फोटोफिचर)

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०७६ मंसिर १३ गते १२:४१

१३ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ऐतिहासिक रानीपोखरीको पुनर्निर्माणलाई तीव्रता दिएको छ ।

२०७२ सालमा गएको भूकम्पले क्षतिग्रस्त बनेको रानीपोखरीको पुनर्निर्माण वैशाखमा सक्ने प्राधिकरणको लक्ष्य छ ।

रानीपोखरी र बालगोपालेश्वर मन्दिर पुनर्निर्माण तीन वर्षसम्म अघि नबढेपछि प्राधिकरणले जिम्मा लिएको हो ।

अहिले पोखरीमा कालोमाटो लगाउने, पर्खाल निर्माण गर्ने र बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पुनर्निर्माण भइरहेको छ । पुसको अन्तिम साता सम्ममा पर्खाल लगाउने र पोखरीमा कालो माटो राख्ने काम सकिने प्राधिकरणका सम्पदा विज्ञ राजुमान मानन्धरले बताए ।

यस्तै बालगोपालश्वर मन्दिरको पुनर्निर्माणको काम २० प्रतिशत सकिएको छ । हाल मन्दिरमा काठको काम भइरहेको छ । पर्खालको काम ८५ प्रतिशत सकिएको छ भने पोखरीको काम ४० प्रतिशत सकिएको मानन्धरले बताए ।

तस्वीरमा हेर्नुहोस् रानी पोखरी पुननिर्माण :

 

लेखकको बारेमा
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?