+
+

पाकेटमारी गर्ने डेढ् दर्जन पक्राउ, अधिकांश महिला

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १५ गते १२:४३

१५ मंसीर, जनकपुरधाम । भिडको मौका छोपेर पाकेटमारी गर्ने डेढ् दर्जन व्यक्ति जनकपुरधामबाट आइतबार बिहान पक्राउ परेका छन् ।

नेपाल तथा सशस्त्र प्रहरीको टोलीले जनकपुधामको बिभिन्न ठाउँबाट उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा अधिकांश महिला छन् । उनीहरुको नाम र ठेगाना खुल्न सकेको छैन् ।

पक्राउ परेकाहरुलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेतीले जानकारी दिए ।

जनकपुरधाममा अहिले विवाहपञ्चमीको अवसरमा व्याप्क भिड बढेको छ । नेपालको बिभिन्न जिल्लासहित भारतबाट आएका श्रद्वालुहरुका कारण अहिले यो ठाउँ भरिभराऊ भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?