+
+

ग्लोबल आइएमई बैंकका ग्राहकले रुपाकोट रिसोर्टमा विशेष छुट पाउने

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १६ गते १९:५९

१६ मंसिर, काठमाडौं । ग्लोबल आइएमई बैंक र रुपाकोट रिसोर्टबीच रिर्सोटले बैंकका ग्राहक तथा कर्मचारीहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुटसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

सम्झौतापत्रमा ग्लोबल आइएमई बैंकको बजार तथा व्यवसाय प्रवर्धन विभाग प्रमुख शान्ता शिवाकोटी र रुपाकोट रिसोर्टका सेल्स म्यानेजर पियुस लामाले हस्ताक्षर गर्नुभएको छ ।

सम्झौता पश्चात रुपाकोट रिर्सोट, पोखरामा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट तथा प्रिभिलेज कार्ड लिएका ग्राहक तथा कर्मचारीले रिसोर्टले उपलब्ध गराउने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संघ/संस्थाहरुसँग समन्वय गरी यस्ता योजनाहरु ल्याउने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?