+
+

कराँतेमा नवीनले जिते स्वर्ण

अनलाइनखबर अनलाइनखबर
२०७६ मंसिर १७ गते ११:०६

१७ मंसिर, काठमाडौं । कराँतेको कुमुतेमा नेपालले अर्को स्वर्ण जितेको छ । ६७ केजी तौल समूहमा प्रतिस्पर्धा गरेका नवीन रसाइलीले नेपाललाई स्वर्ण दिलाएका हुन् ।

मंगलबार भएको फाइनल राउण्डमा उनले पाकिस्तानका अहमेद नासिसलाई ८–६ को स्कोरमा हराए ।

योसँगै १३ औं सागमा नेपालको स्वर्ण पदक संख्या १९ पुगेको छ ।

मंगलबार बिहान उसुको थाउलोमा २ र दुवाथोलनमा  १ स्वर्ण हासिल गरेको हो । उसुको थाउलोमा विजय सिञ्जाली र सुस्मिता तामाङले स्वर्ण पदक जितेका हुन् ।त्यस्तै, पोखरामा भएको दुवाथोलनमा हिमाल टमाटाले स्वर्ण जितेका छन् ।

१३ औं सागअन्तर्गत अहिले विभिन्न खेलहरू भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?