+
+

चिउरीडाँडामा जनार्दन फाउण्डेशनले बनाइदियो विद्यालय भवन

अनलाइनखबर अनलाइनखबर
२०७६ पुष २५ गते १५:४२

२५ पुस, काठमाडौं । जनार्दन फाउण्डेशनले ओखलढुंगास्थित चिउरीडाँडा माध्यामिक विद्यालयको दुई कोठे पक्की भवन निर्माण गरेको छ ।

लिखु गाउँपालिका–१ मा निर्माण भएको उक्त कक्षा कोठाको सांसद यज्ञराज सुनुवारले उद्घाटन गरेका छन् ।

भौगोलिक रुपमा विकट र विद्यलयमा कक्षा कोठाको अभाव देखिएपछि आफूहरुले भवन निर्माण गरेको फाउण्डेशनका अध्यक्ष जनार्दन गौतमले बताए । १८ लाख ८५ हजार रुपैयाँको लागतमा कक्षा कोठाको निर्माण गरेको उनले जानकारी दिए ।

उक्त विद्यालयमा १२९ जना विद्यार्थी अध्ययनरत छन् । स्वीजरल्याण्डलाई कर्मथलो बनाएका जनार्दनको हिमालय राइजन ट्राभल एन्ड टुर नामक ट्राभल कम्पनी छ । त्यसको १० प्रतिशत उनले परोपकारी काममा लगाउने गरेका छन् ।

जनार्दन फाउण्डेशनले गोकर्णको बालुवा माध्यामिक विद्यालयमा स्कुलको तला थपिदिनुका साथै लाइब्रेरी र कम्प्युटर कोठा निर्माण गरिदिएको छ । ओखलढुंगाकै पोकलीमा पुरुषोत्तम प्राथामिक विद्यालय स्थापना गरेको छ भने स्वास्थ्य क्षेत्रमा पनि लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?