+
+

ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु, पाँच घाइते

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ ४ गते १७:१३

४ माघ, जनकपुरधाम । सिरहामा डिजे साउण्ड बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । दुर्घटनामा पाँच जना घाइते भएका छन् ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत गोलबजार नगरपालिका ७ स्थित पुरानो चोहर्बा सडक खण्डमा स१त ६५६० नम्बरको ट्याक्टर दुर्घटना भएको सिरहा प्रहरीले जनाएको छ ।

तीव्र गतिमा रहेको ट्याक्टर सडकमा बाख्रालाई बचाउने क्रममा दुर्घटना भएको थियो । दुर्घटनामा परी  सिरहाकै लहान नगरपालिका १३ निवासी २१ बर्षीय सन्तोष कुमार यादव र धनगढी नगरपालिका १२ निवासी २२ बर्षीय श्रीप्रसाद मण्डलको मृत्यु भएको छ । दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि लहानतर्फ लग्दै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?