Comments Add Comment

डीपीएल यो वर्ष नहुने

२१ माघ, कैलाली । चौथो संकरणको धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगिता यो वर्ष नहुने भएको छ । नेपाली राष्ट्रिय क्रिकेट टिमको व्यस्तताका कारण प्रतियोगिता यो वर्ष नहुने भएको हो ।

आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुवास शाहीले मंगलबार एक प्रेस विज्ञप्ति जारी गर्दै चौथो संस्करणको प्रतियोगिता आगामी कात्तिक ८ देखि २२ गतेसम्म हुने जानकारी गराएका हुन् ।

तेस्रो संस्करणको प्रतियोगिता गत वर्ष माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा भएको थियो ।

प्रतियोगितामा ६ फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । सहभागी टिममा चौराहा धनगढी, सीवाइसी अत्तरिया, रुपन्देही च्यालेन्जर्स, महेन्द्रनगर युनाइटेड, काठमाडौँ गोल्डेन र विराटनगर किंग्स रहेका छन् ।

गत संस्करणको उपाधि अत्तरियाले जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment