Comments Add Comment

‘कोरोना भाइरस’मा अल्झियो क्याबिनेट

चीनबाट ल्याइने नेपालीलाई राख्ने स्थानबारे छलफल

२० माघ, काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार राति ५ घण्टा लामो क्याबिनेट बैठक बस्यो । बैठकका लागि ४ बजे नै बालुवाटार पुगेका मन्त्रीहरु राति ९ बजेपछि मात्र निवासमा फर्किए । बैठक लम्बिनुको कारण थियो- कोरोना भाइसमाथिको छलफल ।

मन्त्रि परिषद बैठकमा सोमबार साना तिना ऐजेण्डाहरु पनि धेरै नै थिए । कर्मचारीको बढुवा, सरुवा, पदस्थापन लगायतका खुद्रा एजेण्डाहरुसँगै केही सैद्धान्तिक सहमति दिनुपर्ने विषयहरु थिए भने कतिपय विधेयकहरुलाई संसदीय समितिमा पठाउने विषयहरु एजेण्डाका रुपमा थिए ।

तर, नियमित कामहरु सकेपछि प्रधानमन्त्री र मन्त्रीहरु जब कोरोना भाइरसको विषयमा प्रवेश गरे, त्यसले राति ९ बजेको पत्तै भएन ।

चीनमा रहेका नेपालीलाई नेपालमा फिर्ता ल्याएर कहाँ राख्ने भन्ने विषयमा मन्त्रिपरिषदमा निकै लामो छलफल भएको स्रोतले अनलाइनखबरलाई बतायो ।

सरकारले कोरोना भाइरसबाट प्रभावित क्षेत्र चीनको वुहानमा रहेका नेपालीहरुको उद्दार गर्ने प्रक्रिया अगाडि बढाउने बताएको छ । यसबारे सोमबार बसेको मन्त्रिपरिषद् बैठकले त्यहाँ रहेका नेपालीलाई ल्याएर राख्ने स्थानको पनि खोजी गरेको छ ।

एक मन्त्रीका अनुसार चीनमा रहेका नेपालीहरुलाई उद्दार प्रक्रियाले कति समय लिन्छ भन्ने चाहिँ अझै यकिन छैन । चीनले संक्रमण भए-नभएको प्रष्ट नभएसम्म नपठाउने भएकाले यसले केही समय लिन सक्ने सोमबार बालुवाटारमा छलफल भएको स्रोतले बतायो ।

त्यतिञ्जेल काठमाडौंमा उनीहरुलाई राख्ने स्थान तयार गरिने बालुवाटार बैठकले निश्कर्ष निकालेको स्रोतले बतायो । सोमबारको बैठकमा केही मन्त्रीहरुले चीनमा जस्तो हेरचाह गर्न सकिँदैन कि भन्ने प्रश्न उठाएका थिए भने स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट ल्याइने नागरिकलाई राख्ने स्थानको व्यवस्था गर्नुपर्ने बताएपछि कहाँ राख्ने भन्नेबारे विभिन्न विकल्पहरुमाथि छलफल भएको थियो ।

स्रोतका अनुसार इचंगुनारायणमा सुकुम्बासीहरुलाई राख्न बनाइएको आवासमा करिव ८०० जनालाई राख्न सकिनेछ । यस्तै शिवपुरीस्थित नेपाली सेनाको तालिम केन्द्रमा १८० देखि २०० राख्न सकिने छ । ‘अरु ठाउँको पनि खोजी गर्ने कुरा भएको छ’ एक अनलाइनखबरसँग मन्त्रीले भने ।

यो पनि पढ्नुहोस्
गृहसचिवमा महेश्वर न्यौपाने, अख्तियारमा अधिकारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment