
२० माघ, काठमाडौं । सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव महेश्वर न्यौपानेलाई गृह मन्त्रालयमा सरुवा गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले न्यौपानेलाई गृहसचिव बनाउने निर्णय गरेको हो ।
निवर्तमान गृहसचिव प्रेम राईले अवकाश लिएसँगै न्यौपाने गृहमन्त्रालयमा आएका हुन् । गृह सचिवका लागि न्यौपानेसँगै यादव कोइराला, केदारबहादुर अधिकारी पनि दावेदार थिए ।
गृहमा जान सचिवहरुले दौडधुप गरेको खबरहरु पनि आएको थियो । तर सरकारले न्यौपानेलाई गृहमा लगेको छ । उनी पर्यटन मन्त्रालय, सार्वजनिक खरिद अनुगमनसँगै अख्तियारमा पुगेका थिए ।
यस्तै अख्तियारको सचिवमा भने प्रदेश १ का प्रमुख सचिव सुरेश अधिकारीलाई पठाइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4