२८ माघ, काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक दोहारो अंकले बढेको छ । सेयर कारोबार मापक नेप्से परिसूचक १७ दशमलव ११ अंकले बढेर १ हजार ३ सय ४१ दशमलव ३८ अंकमा पुगेको छ ।
दोहोरो अंकले परिसूचक उकालो लाग्दा व्यापारबाहेक सबै उपमसमूहहरु हरियाली देखिएका छन् ।
नेप्से परिसूचकसँगै कारोबार रकममा समेत उल्लास देखिएको छ । दिनभर भएका १५ हजार २ सय ३२ कारोबारबाट ३९ लाख ९६ हजार ८ सय ७७ कित्ता सेयर किनबेच भएका छन् ।
जसअनुसार कारोबार रकम १ अर्ब ५३ करोड २२ लाख ५० हजार ४ सय ४० रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ ।
कारोबार रकमका आधारमा शिवम् सिमेन्ट सबैभन्दा पहिलो नम्बरमा देखिएको छ । मंगलबार कारोबार बन्द हुँदा प्रतिकित्ता ५६० रुपैयाँ देखिएको शिवम्को सेयर १५ करोड रुपैयाँ भन्दा माथिको किनबेच भएको छ ।
कारोबार रकमका आधारमा दोस्रो नम्बरमा एनआइशी एशिया बैंकको सेयर देखिएको छ । यस बैंकको ११ करोड रुपैयाँ भन्दा माथिको कारोबार भएको छ ।