+
+
Shares

कामदारले पिर्काले हानेर पूर्वसचिव पत्नीको हत्या गरेको आशंका

हत्यापछि आत्महत्या देखियो : प्रहरी

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २७ गते १४:२४
पूर्वसचिव कार्कीको निवासमा घटनाको अनुसन्धान गर्दै प्रहरी । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर

२७ माघ, काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्यामा कामदारको संलग्नता हुनसक्ने आशंका गरिएको छ ।

अपराधस्थलमा खटिएका ललितपुर प्रहरी परिसर, जावलाखेलका एक अनुसन्धान अधिकृतका अनुसार भान्सामा रहेको पिर्का प्रहार गरेर कामदारले हत्या गरेको हुनसक्ने देखिएको हो ।

मुनाको हत्यामा संलग्न भनिएका कामदार दाङका विशेष चौधरी पनि मृत भेटिएका छन् । ‘प्रारम्भिक अनुसन्धानले पूर्वसचिवज्यूको मेडमलाई पिर्काले टाउकोमा हानेर आफू झुण्डिएको देखिएको छ’, ती अधिकृतले अनलाइनखबरसँग भने ।

अर्धचेत अवस्थामा भेटिएकी मुनालाई उद्दार गरेर प्रहरीले स्टार हस्पिटल पुर्‍याएको थियो । तर, चिकित्सकले केहीबेरअघि मृत घोषणा गरेको ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।

अहिले अपराध स्थलमा फरेन्सिक विज्ञको टोली पुगेर अनुसन्धान थालेको छ । ‘अहिले मुचुल्का गर्दैछौं’, ललितपुरका डीएसपी सन्तोष तामाङले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?