
पूर्वसचिव अर्जुन कार्कीको सानेपास्थित निवास । तस्वीर : विकास श्रेष्ठ/अनलाइनखबर
२७ माघ, काठमाडौं । ललितपुरको सानेपामा पूर्वसचिव अर्जुन कार्कीकी पत्नी मुनाको हत्या प्रयास भएको छ ।
सोमबार बिहान सानेपास्थित निवासमै मुनाको हत्या प्रयास भएको महानगरीय प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए ।
उनले भने, ‘उहाँको अवस्था गम्भीर छ । हामी अस्पताल लाँदैछौं ।’
घरमा कामदार विशेष चौधरीले पनि आत्महत्या गरेका प्रहरीले जनाएको छ ।
अहिले घटनास्थलमा फरेन्सिक विज्ञको टोली पठाइँदैछ । घटनामा कसले र किन गरायो भन्ने खुलेको छैन । घटनामा प्रयोग भएको हतियारबारे पनि प्रहरीले खुलाएको छैन ।
ललितपुरका डीएसपी सन्तोष तामाङले भने, ‘कुन हतियार प्रयोग भएको थियो भन्ने हेरिरहेका छौं ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4