+
+

कञ्चनपुर प्रशासन कार्यालयमा धर्ना बस्ने ८ अधिकारकर्मी पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७६ माघ २८ गते १९:२४

२८ माघ, काठमाडौं । निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जना पक्राउ परेका हुन् ।

गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीले जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले पक्राउ गरेको बताए ।

प्रदेश प्रमुख र प्रदेशका सचिवहरु कञ्चनपुर आउँदा जिल्ला प्रशासन कार्यालय प्रवेशमा अवरोध गर्र खोजेकाले पक्राउ गरिएको एसपी मरासिनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?