+
+
Shares

५ हजार जनालाई ट्राफिकको फोन-कारवाहीमा पर्नुभयो, बग्गीखाना आउनुस् !

रवीन्द्र घिमिरे रवीन्द्र घिमिरे
२०७६ माघ २७ गते २०:४०

२७ माघ, काठमाडौं । शहरमा जथाभावी ट्राफिक नियम मिच्दै गुड्ने सवारी कम छैनन् । सवारी नियम नमान्नेमध्ये अधिकांश ट्राफिकलाई छलेर हिँडेपछि मुक्त भइयो भनेर पनि सोच्छन्, तर काठमाडौं राजधानीमा भने ट्राफिक आँखा छल्दैमा आजभोलि सुख पाइँदैन ।

ट्राफिक प्रहरीले नियम उल्लंघन गरेर पनि कारवाहीबाट उम्किएका सवारीलाई कारवाही गर्ने काम तीव्र पारेको छ । चालु आर्थिक वर्षको ६ महिना (साउनदेखि पुससम)मा मात्रै ५ हजार ५० जना नियम छलेर घर पुगिसके पनि कारवाहीमा तानिएको महानगरीय ट्राफिक प्रहरी महाशाखका प्रवक्ता प्रहरी उपरीक्षक जीवनकुमार श्रेष्ठले जानकारी दिए।

ट्राफिकले सीसीटिभीमार्फत उपत्यकाका विभिन्न चोक तथा सडक खण्डमा लगातार सवारीहरुको निगरानी गर्ने गरेको छ । ट्राफिक नियम उल्लंघन गरेर भाग्नेहरुलाई सीसीटीभीकै मद्धतमा पहिचान गर्ने गरको छ,ट्राफिक प्रहरीले  । सवारी नम्बर पहिचान गरेपछि बोलाएर नियमअनुसार कारबाही गर्ने गरिएको छ ।

प्रहरी उपरीक्षक श्रेष्ठ ट्राफिक प्रहरी नभएको स्थानमा नियम मिच्ने प्रवृत्ति बढेपछि सीसीटीभीबाट निगरानी गरिरहेको श्रेष्ठ बताउँछन् ।

यसरी हुन्छ कारवाही

यसका लागि महाशाखाले सीसीटिभी शाखा बनाएको छ, जसले सडकहरुमा गुडिरहेका सवारीले नियम पालना गरे/नगरेको हेर्छ । प्रहरीको ट्राफिक प्रहरी निर्देशनालयले पनि यस्तो निगरानी गर्छ ।
निगरानी कक्षबाट नियम मिचेको देख्नासाथै सम्बन्धित क्षेत्रका ट्राफिक प्रहरीलाई यसबारे जानकारी दिन्छ ।

त्यहाँ खटिएका ट्राफिकले नियन्त्रणमा लिन नसकेका तथा नभ्याएका सवारीको नम्बर रेकर्डमा राखिन्छ । सवारी र सवारी धनीको विस्तृत जानकारी यातायात कार्यालयसँग मागिन्छ । यातायातबाट प्राप्त विवरणका आधारमा महाशाखाले सवारी धनी वा चालकलाई फोन गरेर माहाशाखा बोलाइन्छ । र, सम्बन्धित सवारीले नियम मिचेको भिडियो क्लिप नै देखाइन्छ र कारवाही गरिन्छ ।

महाशाखा बोलाउँदा पनि नआए कारवाहीको रसिद घरमै पुर्‍याइन्छ । कारवाही भोग्न तयार नभएकाको सवारी साधन नै नियन्त्रणमा लिएर जरिवाना गर्ने गरिएको छ ।

१६८४ सीसी क्यामेराको सहयोग

ट्राफिकले यसअघि ठक्कर दिएर र दुर्घटना गराएर भाग्ने सवारीको मात्रै सीसीटिभी निगरानी गर्ने गरेको थियो । अहिले लेन अनुसशासन मिच्ने, जेब्रा क्रसमा सवारी रोक्ने, बिसौनीबाहेका स्थानमा सवारी रोक्ने, निषेधित ठाउँमा यात्रु उकाल्ने/ओराल्ने, ढोका खुल्ला राखेर सवारी हाँक्ने र उच्चतम गतिमा दुर्घटनाको जोखिम हुने गरी सवारी दौडाउनेहरु पनि पनि अहिले यस्तो कारवाहीमा परिरहेका छन् ।

यसले गर्दा ट्राफिक प्रहरी नदेख्नासाथै नियम मिचेर अघि बढ्ने प्रवृत्ति घट्न थालेको ट्राफिक प्रहरी महाशाखाको अनुभव छ ।

हाल उपत्यकामा १ हजार ६८४ सीसी टिभी जोडिएका छन् । यसमध्ये धेरैको रकेर्ड महाशाखाको पहुँच छ । तिनै सीसी टिभीमार्फत प्रहरीले नियम उल्लंघन गरेर भाग्नेहरुलाई कारवाहीको दायरामा ल्याउन सघाइरहेको छ ।

महाशाखाले चालु आर्थिक वर्षको ६ महिनामा ट्राफिक नियम उल्लंघन गर्ने २० हजार ४ सय ३३ जनालाई कारबाही गरेको छ । साउनयता २० हजार ४ सय ३३ जना सवारी चालक कारवाहीमा परेका हुन् ।

महाशाखााले जथाभावी पार्किङ, सवारी मोड्ने, ढाका खुल्ला राख्ने, एकतर्फी बाटोमा सवारी प्रवेश गराउने, हर्न बजाउने, लेन अनुशासन पालन नगर्ने लगायतका सवारी चालकलाई कारवाही गरिएको बताएको छ ।

लेखक
रवीन्द्र घिमिरे

घिमिरे अनलाइनखबरका प्रशासन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?