+
+

शनिबार नेपाल एयरलाइन्स चीन जाने, पर्यटक उद्दार गर्न दुई विमान आउँदै

लुक्लामा ५ र नेपालगन्जमा १ उडान हुँदै

अच्युत पुरी अच्युत पुरी
२०७६ चैत १४ गते २३:००

१४ चैत, काठमाडौं । भोलि शनिबार नेपालबाट तीन वटा अन्तर्राष्ट्रिय उडान हुने भएको छ । नेपाल एयरलाइन्सले चीनको ग्वाङ्जाउका लागि उडान अनुमति पाएको छ ।

शनिबार अपरान्ह साढे १२ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चीनको ग्वान्झाउका लागि जहाज उड्ने नेपाल एयरलाइन्सका अपरेशन विभाग प्रमुख दिपु ज्वार्चनले जानकारी दिए । ए ३३० वाइडबडी जहाज चीनबाट कार्गो उडानका लागि चीन जान लागेको हो । चीनबाट नेपाल एयरलाइन्सले मेडिकल सामग्री ल्याउनेछ ।

त्यसैगरी, भोलि (शनिबार) जर्मन र फ्रेन्च पर्यटक लिन दुईवटा कतार एयरलाइन्सका विमान समेत नेपाल आउँदैछन् । करिब ३५० जना जर्मन पर्यटक लिन कतारबाट विमान आउने तय भएको हाे । त्यसैगरी, बाँकी फ्रेन्च पर्यटक लिन पनि भोलि कतार एयरलाइन्सकै विमान काठमाडौं आउने त्रिभुवन विमानस्थल स्रोतले बताएको छ ।

शुक्रबार पनि कतार एवरवेजको विमानबाट ३०७ जनालाई उद्दार गरेर फ्रान्सतर्फ लगिएको छ ।

लुक्लामा ५ उडान
नेपाल एयरलाइन्सको टि्वनअटर विमानले लुक्लामा शनिबार पाँच उडान गर्दैछ । लुक्लामा फसेका विदेशी पर्यटकको उद्दार गर्न यो उडान हुन लागेको हो । दुई वटा टि्वनअटर जहाजले लुक्लामा पाँच उडान गर्न लागेको हो ।

कोरोनाका नमूना लिन नेपालगञ्ज उड्ने

सुदुर तथा मध्यपश्चिम भेगमा संकलन भएका कोरोनाका शंकास्पद बिरामीको नमूना ल्याउन नेपाल एयरलाइन्सको जहाज नेपालगञ्ज जान लागेको हो । नेपाल एयरलाइन्सको वाइ १२ ई जहाज नेपालगञ्ज जाँदैछ ।

लेखकको बारेमा
अच्युत पुरी

आर्थिक पत्रकारितामा सक्रिय पुरी पर्यटन तथा नागरिक उड्डयन विषयमा कलम चलाउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?