
१८ चैत, काठमाडौं । राष्ट्रिय व्यापार संघले लकडाउनका कारण समस्इामा परेका विपन्न परिवारलाई खाद्यान्न सहयोग गरेको छ ।
कोरो भाइरसको संक्रमण फैलन नदिन देशलाई लकडाउन गरिएपछि दैनिकी चलाउनै मुीश्कल परेका विपन्न घरपरिवारहरुलाई संघले सहयोग गरेको हो ।
काठमाडौंका डल्ल्ु स्थित धिमे टोलमा बस्दै आएको २५ परिवारलाई संघले खाद्यान्न सहयोग गरेको हो । दैनिक ज्यालादारीमा काम गर्दै जिविको पार्जन गर्दै आएका यि परिवारहरु लकडाउनडाउन पछि समस्यमा परेका थिए ।
संघका अध्यक्ष कमल अग्रवाल, उपाध्यक्ष हेम खराल तथा महासचिव बैकुण्ठ दाहाल लगायतको टोलिले उनीहरुलाई खाद्यान्न हस्तान्तरण गरेको हो ।
प्रति परिवार एक बोरा चामल र ३ किलो दालका दरले सहयोग गरिएको संघका महासचिव दाहालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4