+
+

रामेछापमा र्‍यापिड टेस्ट गरिएका सबैको रिपोर्ट नेगेटिभ

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ६ गते ११:२५

६ वैशाख, रामेछाप । रामेछाप जिल्लामो र्‍यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) विधिबाट कोरोना संक्रमण परीक्षण गरिएका ८८ जनाको रिपोर्ट नेगेटिभ आएको छ । शुक्रबार साँझसम्म विभिन्न स्थानीय तहको क्वारेन्टाइनमा राखिएकाहरूको आरडीटी विधिबाट परीक्षण गरिएको थियो।

आरडीटी परीक्षण गरिएको सबैको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय रामेछापका प्रमुख जितेन्द्र कर्णले जानकारी दिए ।

कर्णकाअनुसार हालसम्म जिल्लाको मन्थली नगरपालिकामा १० जना, रामेछाप नगरपालिकामा २४ जना, लिखु तामाकोसी गाउँपालिकामा ६ जना, सुनापति गाउँपालिकामा ७ जना र गोकुल गंगा गाउँपालिकामा ४१ जनाका परीक्षण गरिएको छ ।

रामेछाप जिल्लामा क्वारेन्टाइनमा बस्नेको संख्या पनि पछिल्लो दिनमा घटेको छ । बिहीबारसम्म ६९ जना क्वारेन्टाइनमा रहेकामा शुक्रबार घटेर ४५ जनामा झरेका छन् ।

कोरोना संक्रमणको सम्भावित जोखिमलाई ध्यानमा राखी हालसम्म जिल्लाको आठ वटै स्थानीय तहमा हालसम्म तीन सय एक शय्याको क्वारेन्टाइनस्थल र ५८ शय्याको आइसोलेसन कक्ष स्थापना गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?