Comments Add Comment

टाेकियाे ओलम्पिकको तयारीका बारेमा भर्चुअल बैठक

११ वैशाख, काठमाडौं । नेपाल ओलम्पिक कमिटी (एनओसी)ले भर्चुअल बैठकमार्फत टाेकियाे ओलम्पिककाे तयारीका बारेमा छलफल गरेको छ । कोभिड १९ को महामारी न्यूनिकरण भएपछि सञ्चालन हुने अपेक्षा गरिएको ओलम्पिकको तयारीका बारेमा एनओसीले छलफल अघि बढाएको हो ।

एनओसीले टाेकियाे ओलम्पिककाे तयारीमा रहेका खेलाडीकाे प्रशिक्षण कसरी गर्ने भन्ने विषयमा बिहीबार मानार्थ अध्यक्ष, सल्लाहकारहरु, कमिसनका अध्यक्षहरुसँग छलफल गरेको हो। ।

आगामी दिनमा टाेकियाे ओलम्पिकमा वाइल्ड कार्डमा सहभागी हुने र अन्य उत्कृष्ट खेलाडीहरुका लागि उपयुक्त योजना बनाउने विषयमा बैठकमा छलफल भएको एनओसीले जनाएको छ । छलफलका क्रममा ओलम्पिक कमिटीका सबै सदस्यहरूलाई एकदिनको अनलाइन मनोवैज्ञानिक क्लास तत्काल सञ्चाल गर्ने निर्णय समेत भएको छ।

एनओसीले यसअघि खेलाडीलाई एक हप्ताकाे मनाेवैज्ञानिक परामर्श कक्षा समेत सञ्चालन गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment