Comments Add Comment

जर्मन बुण्डेशलिगा मे मा सुरु गर्ने तयारी

११ वैशाख काठमाडौं । जर्मन बुण्डेशलिगा कोरोना भाइरस अर्थात कोभिड-१९ संक्रमणपछि फेरि फुटबल सुरु गर्ने पहिलो लिग बन्ने तयारीमा छ ।

कोभिड-१९ को कारण अहिले विश्व फुटबल स्थगित छ र युरोपका ठूला लिगहरु मैदान फर्कन प्रतिक्षारत छन् ।

यसैबीच जर्मन फुटबल लिग अर्थात बुण्डेशलिगा भने अर्को महिना सुरु गर्ने तयारीमा छ । यसबारे निर्णय गर्न जर्मन फुटबल लिगको बैठक बस्दैछ । जर्मनीको बुण्डेशलिगाको शीर्ष दुई डिभिजन मे महिनाको ९ वा १६ तारिखमा सुरु गर्नेबारे छलफल हुनेछ ।

यसको अन्तिम स्वीकृति भने जर्मन चान्सलर एन्गेला मर्केल र स्टेट लिडर्सले दिनुपर्नेछ । विश्वभर कोभिड-१९ को संक्रमण फैलिएको बेला युरोपमा बेलारुस मात्र फुटल लिग गर्ने एउटा राष्ट्र बनेको छ ।

यस्तै युरोपियन फुटबलको सर्वोच्च निकाय युईएफले युरोपियन प्रतियोगिता र डोमेस्टिक लिगहरुको बारेमा बिहीबारै ठोस निर्णय लिने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment