Comments Add Comment

‘अमेरिकाको लागि कोरोनाको दोस्रो लहर थप घातक बन्न सक्छ’

११ वैशाख, काठमाडौं । अमेरिकी एक वरिष्ठ स्वास्थ्य अधिकारीले अमेरिकामा कोरोना भाइरस (कोभिड-१९) को दोस्रो लहर थप घातक बन्न सक्ने चेतावनी दिएका छन् ।

अमेरिकामा सामान्य रुघाखोकीको मौसम सुरु हुने बेला भएकाले यसको दोस्रो लहर थप घातक बन्न सक्ने रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का निर्देशक रोबर्ट रेडफिल्डले बताएका हुन् । उनले सबै अमेरिकी नागरिकलाई आगामी महिनामा सतर्क रहन आग्रह गरेका हुन् ।

उनले अर्को जाडो मौसममा यो भाइरसको प्रकोपले झनै बढ्न सक्ने चेतावनी दिए । मंगलबार वाशिङटन पोष्टमा प्रकाशित अन्तर्वार्तामा उनले मौसमी फ्लुको महामारी फैलिने समयमा कोरोना भाइरसको महामारी एकैपटक देखिएको भन्दै चिन्ता व्यक्त गरे ।

यसअघि सन् २००९ मा एच१एन१ स्वाइन फ्लुको महामारी मार्चदेखि जुनसम्म फैलिएको थियो । त्यस्तै सेप्टेम्बरदेखि डिसेम्बरसम्म यो महामारीको दोस्रो लहर फैलिएको थियो । दोस्रोपटक यो महामारीले झन् ठूलो रुप लिएको थियो ।

कोरोना भाइरसको कारण अमेरिकामा आठ लाखभन्दा धेरै संक्रमित भइसकेका छन् भने ४७ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो ।

रेडफिल्डले कोरोना भाइरसले अमेरिकाको स्वास्थ्य स्याहार प्रणालीमा पनि नकारात्मक असर पार्न सक्ने चेतावनी दिए ।
स्रोत : अलजजीरा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment