+
+
Shares

‘सरकारी संरक्षण’मा म्यारियट होटलमा राखिएका सांसदको भागाभाग

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख ११ गते ११:३२

११ वैशाख, काठमाडौं । समाजवादी पार्टीका नेताहरू बिहीबार बिहानै होटल म्यारियट पुगेपछि पार्टी फुटाउन जम्मा भएका सांसदहरूको भागाभाग भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा पार्टी फुटाउने प्रयास गरेको समाजवादीको आरोप छ । त्यसका लागि आफ्ना पार्टीका सांसदहरूलाई दबाब र प्रभावमा पारेर होटल म्यारियटमा राखिएको नेताहरूले बताएका छन् ।

त्यो थाहा पाएर समाजवादीका महासचिव गंगा श्रेष्ठसहितका नेता होटलमा पुगेका थिए । श्रेष्ठ भन्छन्, ‘नयाँ मान्छेलाई प्रवेश गर्न नदिनू भनेको छ भनेर प्रवेश दिइएन ।’

आफूहरू होटलको गेट अगाडि बसिरहेका बेला पार्टीका केही सांसदलाई रातो गाडीमा हालेर अन्यत्र लैजान खोजेको आफूले देखेको भन्दै श्रेष्ठले भने, ‘दबाबमा राखिएको हो कि आफूखुसी आउनुभएको हो भनेर सोध्छु भनेर मैले त्यो गाडी रोक्न खोजेँ । तर, गाडी ब्याक गरेर अर्को गेटबाट लगियो ।’

त्यसपछि प्रहरी आएर आफूहरूलाई धरपकडको प्रयास गरेको महासचिव श्रेष्ठले बताए । ‘हाम्रो सवारीसाधन नियन्त्रणमा लिएर गाली गरे । हामी नम्र भएर कुरा गरेपछि बल्ल १० मिनेटपछि हामीलाई छाडियो’ श्रेष्ठले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीको जोडबलमा सरकारले मंगलबार मात्र ४० प्रतिशत सांसद भए दल फुटाउने मिल्ने गरी अध्यादेश ल्याएको थियो । आफ्नो पार्टी फुटाउन सांसदलाई अपहरण गर्नेसम्मको काम भएको समाजवादीको दाबी छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?