Comments Add Comment

डच लिग रद्द हुने सम्भावना

१० वैशाख, काठमाडौं । नेदरल्याण्ड्सको शीर्ष डिभिजनको फुटबल रद्द हुने सम्भावना बढेको छ । डच फुटबल एसोसिएसनले एरेडिभिज सिजन २०१९-२० लाई निरन्तरता नदिने सम्भावना रहेको जनाएको छ ।

कोरोना भाइरसका कारण डच सरकारले सेप्टेम्बर १ सम्म खेलकुद गतिविधिमा प्रतिबन्ध लगाएपछि एसोसिएसनले लिग रद्द गर्ने तयारी गरेको हो ।

अयाक्स र एजेड अल्माकरले लिगको उपाधि होडमा अगाडि छन् । दुवैको समान २६ अंक छ । गोलअन्तरमा अयाक्स अगाडि छ।

डच फुटबलको सर्वोच्च निकाय केएनभीबीले स्टेटमेन्ट जारी गर्दै यस सिजन निरन्तर गर्ने मनसाय नरहेको जनाएको छ । यद्यपि, युइएफसँग छलफल गरेर यसबारे अन्तिम निर्णय लिने जनाएको छ ।

युइएफएले मंगलबार मात्रै युरोपका केही लिगहरू रद्द हुन सक्ने जनाएको थियो ।

‘सरकारको निर्णयमा आधारित रहेर केएनभीबीले युइएफसँग परामर्श गर्नेछ र त्यसपछि निर्णय लिनेछ ।’ केएनभीबीले स्टेमेन्टमा भनेको छ । ‘केएनभीबीले अहिलेसम्म लिग रद्द गरिसकेको छैन किनकी कोरोनाको कारण फुटबलमा अहिले आर्थिक संकट परिरहेको छ ।’

पछिल्लो निर्णयको बारेमा छलफल गर्ने लिगका क्लबहरूबीच शुक्रबार छलफल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment