+

महिला युरोकप एक वर्षपछि सर्‍यो

२०७७ वैशाख  ११ गते १७:५२ २०७७ वैशाख ११ गते १७:५२
महिला युरोकप एक वर्षपछि सर्‍यो

११ वैशाख, काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) ले गर्दा अहिले सबैखाले खेलकुद गतिविधि ठप्प छ । यो वर्षमात्र नभएर कोभिड १९ ले आगामी वर्षको समेत खेलकुद गतिविधि प्रभाव पार्ने पक्का छ ।

त्यसैले गर्दा २०२१ मा इंग्ल्याण्डमा हुने तय भएको यूईएफए महिला युरोकप फुटबल पनि एक वर्ष पछि सरेको छ । अब महिला युरोकप २०२२ मा इंग्ल्याण्डमै हुनेछ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूईएफएले बिहीबार आधिकारिक रुपमा महिला युरो एक वर्षपछि सरेको जनाएको हो ।
यूईएफको एक्जुकेटिभ कमिटीले अब उक्त प्रतियोगिता २०२२ जुलाई ६ देखि ३१ सम्म गर्ने निर्णय गरेको हो । यस्तै कमिटीले भेन्यू पनि पुरानै कायम रहने जनाएक छ ।

कोभिड १९ को कारण यसै वर्ष तय भएको पुरुष युरोकप एक वर्षपछि सरिसकेको छ । त्यसले गर्दा महिला युरो पनि पछि सार्नुपरेको यूईएफए अध्यक्ष अलेक्जान्डर कफेरिनले बताएका छन् ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय