+
+

हेटौंडाको रातोमाटेमा सेनिटाइजि‌ङ टनेल निर्माण

अनलाइनखबर अनलाइनखबर
२०७७ वैशाख २२ गते १७:५८

२२ वैशाख, हेटौंडा । वागमती प्रदेशको दक्षिणी सीमासँग जोडिएको जिल्लामा कोरोना भाइरसको संक्रमण देखिएपछि सरकारले सावधानी अपनाउन थालेको छ । प्रदेश २ अन्तर्गत बाराको जीतपुर सिमरा उपमहानगरमा कोरोना संक्रमित भेटिएसँगै वागमती प्रदेश सरकारले नाकाबाटै सुरक्षाको तयारी थालेको हो । सरकारले व्यवसायी र सामाजिक संस्थासँगको सहकार्यमा हेटौंडा-१५ स्थित रातोमाटेमा सेनेटाइजिङ टनेल जडान गरेर सावधानी अपनाउन सुरु गरेको हो ।

सेनिटाइजर स्प्रे गरेर मात्रै मानिसलाई हेटौंडा प्रवेश गराउने अभियान थालेको सरकारले दक्षिणी क्षेत्रबाट आएका सवारी साधनलाई डिसइन्फेक्सन गर्न सेनिटाइजिङ टनेल सञ्चालनमा ल्याएको हो । सेनिटाइजिङ टनेलभित्र सवारी साधन प्रवेश गर्नेबित्तिकै अटोमेटिक रुपमा मेसिन सञ्चालन हुने मकवानपुर उद्योग वाणिज्य संघले जनाएको छ ।

प्रदेश सरकारले दुई लाख ७० हजार रुपैयाँको लागतमा निर्माण गरेको टनेलको मुख्यमन्त्री डोरमणि पौडेलले सोमबार उद्घाटन गरेका छन् । मुख्यमन्त्री पौडेलले पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथ हुँदै हेटौंडा भित्रिने सबै सवारी साधनलाई सेनिटाइज गरेर मात्रै प्रवेश गर्ने व्यवस्था मिलाउन सुरक्षा निकायसँग आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?