२४ वैशाख, सप्तरी । मलेठ घटनामा मारिएकाका परिवारलाई बुधबार राहत वितरण गरिएको छ । जनता समाजवादी पार्टीका नेता गजेन्द्रकुमार मण्डलले उनीहरुलाई राहत वितरण गरेका हुन् ।
मलेठ घटनामा मारिएका पीताम्बर मण्डल, सजन मेहता र वीरेन्द्र मेहताको परिवारलाई राहत उपलब्ध गराइएको हो ।
प्रति परिवारलाई २० किलो चामल, पाँच किलो दाल, दुई लिटर खाने तेल, दुई किलो नुन, एक किलो सोयाविन, साबुन र मास्क वितरण गरिएको उनले बताए ।
उनीहरुलाई राजविराज वडा नम्बर ९ मलेठका अध्यक्ष शम्भुप्रसाद यादवले तरकारी खरिद गर्न भन्दै रु. ५ सय नगद समेत उपलब्ध गराएका थिए ।