+
+

भारतबाट घर फर्कंदै गरेका १ नेपालीको मृत्यु

रासस रासस
२०७७ जेठ ११ गते २१:१६

११ जेठ, काठमाडौं । भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ ।

अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए ।

मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए ।

भारतबाट दुई बस रिजर्भ गरेर आज गैरेसहित ९१ जना नेपाल प्रवेश गरेका छन् । उनको मृत्युको सबै कारण खुल्न सकेको छैन । गैरेसहित उनीसँग सम्पर्कमा रहेका १० जनाको स्वाब परीक्षणका लागि भैरहवा पठाइएको उनले बताए ।

उनको शव परिवारको जिम्मा लगाइएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?