Comments Add Comment

भरतपुरको पुङ्गी खोलामा आकर्षक तलाउ बनाइँदै

८ असार, चितवन । भरतपुरको मुख्य शहरी क्षेत्र भएर बग्ने पुङ्गी खोलामा तलाउ बनाइने भएको छ ।

भरतपुर महानगरपालिका(२ सप्तकन्या मन्दिर परिसरमा निर्माण हुन लागेको तलाउको बागमती प्रदेशका सांसद विजय सुवेदी र भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले संयुक्त रुपमा शिलान्यास गरे ।

प्रदेश सरकारको स्थानीय पूर्वाधार विकास कार्यक्रम र भरतपुर महानगरपालिकाको साझेदारीमा एक करोड रुपैयाँको लागतमा तलाउ निर्माण र हरियाली पार्कसहित सौन्दर्यीकरणका काम थालिएको हो । प्रदेश सरकार र भरतपुर महानगरपालिकाले तलाउ निर्माणका लागि ५०/५० लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

अतिक्रमणको चपेटामा परेको पुङ्गीखोलामा तलाउसहित दाँया बाँया हरियाली पार्कसहित सौन्दर्यीकरणका लागि विभिन्न संरचना बनाइने भएको छ ।

छोटो समयमा गुरुयोजना निर्माण गरेर तलाउ निर्माणको काम थालिएको भरतपुर महानगरपालिकाका सिनियर डिभिजन इन्जिनियर रत्न लामिछानेले जानकारी दिए ।

भरतपुर महानगरपालिका ११ गणेशधामदेखि सुरु हुने यो खोला वडा नं. २, ३ र वडा नं. ४ को रामघाट बाह्रघरे हुँदै नारायणी नदीमा मिसिन्छ । तलाउ निर्माण ६६ लाख रुपैयाँमा सक्ने गरी कायाक कन्स्ट्रक्सनले कामको जिम्मा लिएको छ । तलाउ निर्माण पश्चात खोलाको संरक्षण र पर्यटकीय स्थान निर्माण हुनेछ ।

सांसद विजय सुवेदीले पुङ्गी खोलामा फरक खालको तलाउ निर्माण गर्न लागिएको भन्दै सफल हुने बताए । ‘विकास हाम्रो माटो, पानी र यहाँको वातावरणमा छ’ उनले भने ‘यसलाई हामीले राम्रो बनाउन सक्नुपर्छ ।’

उनले थोरै भए पनि राम्रो काम गरौं भन्ने उद्देश्यका साथ यो कामको थालनी गरिएको बताए । ७ किलोमिटर लामो खोलालाई तलाउ नै तलाउको खोला बनाउने योजना रहेको उनले सुनाए । उनले गणेशधामको तलाउसँग पुङ्गी खोलाका तलाउ जोड्ने पनि बताए ।

भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले महानगरभित्र रहेका खोलानाला र ताल तलैयाको संरक्षण गर्ने बताइन् । उनले पुङ्गी खोलामा तलाउ निर्माण पश्चात महानगरको सौन्दर्य थप बढ्ने उनले उल्लेख गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment