Comments Add Comment

बुटवलमा थपिए १६ जना कोरोना संक्रमित

३२ साउन, बुटवल । बुटवल उपमहानगरमा १६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको पीसीआर परीक्षणमा १६ जना नयाँ संक्रमित थपिएका बुटवल उपमहानगरपालिकाका स्वास्थ्य विभग प्रमुख कुन्दनकुमार सिंहले जानकारी दिए ।

पछिल्लो रिपोर्टसँगै बुटवलमा कोरोना संक्रमितको संख्या ८० पुगेको छ । सिंहका अनुसार आइतबार पुष्टि भएका संक्रमित मध्ये तीन जना उपमहानगरका अधिकृत तहरका कर्मचारी छन् ।

शनिबार मात्र बुटवल उपमहानगरपालिकाको लेखा शाखामा कार्यरत एकजना अधिकृतमा पनि संक्रमण देखिएको थियो । संक्रमित अधिकृतको सम्पर्कमा रहेका कर्मचारी र जनप्रतिनिधिको पीसीआर परीक्षणबाट आइतबार तीन जना अन्य अधिकृतमा पनि संक्रमण पुष्टि भएको हो ।
बुटवल उपमहागरको वडा नंं. ११ मा आइतबार बिहानसम्म १८ जनालाई संक्रमण पुष्टि भएको छ ।

आइतबारसम्ममा उपमहानगरभित्र सक्रिय संक्रमितको संख्या ५६ पुगेको छ । तीमध्ये ४० जना उपचाररत छन् । ट्राभल हिस्ट्री नदेखिएका संक्रमित सबैभन्दा धेरै बुटवल उपमहानगरपालिकाको वडा नम्बर ११ मा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment