+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

प्रियंका लेख्छिन्–‘हामीले महिलाहरुका लागि केही गर्न सकेनौ’

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज १७ गते १३:३०

भारतमा दैनिक भैरहेको बलात्कारको घटनामा नायिका प्रियंका चोपडाले आक्रोश व्यक्त गरेकी छिन् ।

उत्तर प्रदेशको हाथरसपछि यही राज्यको बलरामपुरमा २२ बर्षिया यूवतीमाथि ग्याङ्ग रेप भएको थियो । नायिका चोपडाले सामाजिक संजालमा लेखेकी छिन्–‘बलरामपुरबाट अझै डरलाग्दो खबर आएको छ । हरेक बलात्कार मात्र दोश्रो नम्बर होइन । यसको पछि सिंगो परिवार हुन्छ, जसलाई सधै डराएर वाच्नुपर्ने हुन्छ । हामी सबैले यो क्रुरतापूर्ण घटनाका लागि लाजले आफ्नो शिर झुकाउनु पर्दछ कि हामीले हाम्रा महिलाहरुका लागि केही पनि गर्न सकेनौ ।’

नायिका चोपडाले हाथरसमा भएको सामुहिक बलात्कारको घटनामा पनि आक्रोश व्यक्त गरेकी थिइन् । उनले लेखेकी थिइन्–‘यस्तो क्रुर घटना बारम्बार किन ? सधै महिला, यूवतीहरुमाथि बलात्कार भैरहन्छ । हामी यो सुनेर रुन्छौ, उनीहरु रुन्छन् तर पनि कसैले यो आवाज किन सुन्दैन । यति धेरै घृणा किन ? के बाबु–आमा छोरालाई गलत संकारमा हुर्काइरहेका छन् । अझै कति निर्भया ? अझै कति बर्ष ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?