+
+

मोरङ सुनसरीका तीन प्रहरी अधिकृत उत्कृष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ असोज ३० गते १९:४३

३० असोज, विराटनगर । ६५ औं प्रहरी दिवसमा मोरङ र सुनसरीका तीन प्रहरी अधिकृतले उत्कृष्ट पुरस्कार प्राप्त गरेका छन् ।

इलाका प्रहरी कार्यालय पथरी मोरङमा कार्यरत प्रहरी नायव उपरीक्षक दिलिप गिरी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरिक्षक राकेश पोद्दार र जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत प्रहरी निरीक्षक सरोज खनालले उत्कृष्ट प्रहरीको पुरस्कार प्राप्त गरेका हुन् ।

सुनसरीमा कार्यरत प्रहरी निरीक्षक खनालले वर्षकै उत्कृष्ट प्रहरी अनुसन्धानकर्ताको रुपमा पुरस्कृत हुँदा, पोद्दारलाई ट्राफिक व्यवस्थापन र गिरीले उत्कृष्ट प्रहरी व्यवस्थापकको पुरस्कार प्राप्त गरेका हुन् ।

गिरीले फरार प्रतिवादी पक्राउ, अपराधको सफल अनुसन्धान तथा कार्यालय व्यवस्थित बनाएका थिए । पोद्दारको नेतृत्वमा प्रदेश १ को राजधानी विराटनगरसहित मोरङ जिल्लामा ट्राफिक व्यावस्थापन हुँदै आएको छ ।

खनालले सुनसरीमा भएका हत्या, बलात्कार, लागूऔषधको कारोबार एवं ओसारपसारमा संलग्नलाई नियन्त्रणमा लिने, दुर्घटनाको अनुसन्धान गर्ने, अदालतले दोषी ठहर गरे पनि फरार रहेका प्रतिवादी पक्राउ गर्नेलगायत घटनाको सफल अनुसन्धान गरेका थिए ।

जोखिमपुर्ण कार्य गर्ने प्रहरी चौकी मानेभञ्ज्याङमा कार्यरत प्रहरी जवान सुधा चौधरीले प्राप्त गरेकी छन् ।

तीनजनालाई प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले पुरस्कार प्रदान गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?