Comments Add Comment

कञ्चनपुरका कोरोना संक्रमितको बाँकेमा मृत्यु

२९ मंसिर, काठमाडौं । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारको क्रममा एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

अस्पतालका अनुसार कञ्चनपुरको भिमदत्त नगरपालिका-१५ का ५४ वर्षीय पुरुषको आइतबार राति १२:३० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमा मंसिर २२ गते कोरोना परीक्षण गराएकोमा सोही दिन उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना पुष्टि भएसँगै अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका उनको रेमडिसिभिर, प्लाज्मा थेरापी लगायतको विधिबाट उपचार गरिए पनि बचाउन नसकिएको अस्पतालले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment