
२९ मंसिर, सप्तरी । सप्तरीको सुरुङ्गा नगरपालिका– ३ मा हात्ती देखेर भागेका एक वृद्धको लडेर मृत्यु भएको छ ।
दौलतपुरका ७० बर्षीय सीताराम साह हात्तीलाई देखेर भाग्न खोज्दा लडेर बेहोस भएको र सोही क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
आइतबार राति १ बजे पिसाब गर्न घरबाहिर निस्केका साह जंगलबाट आएको २ वटा हात्ती देखेर भागेका थिए ।
त्यही क्रममा लडेर बेहोस भएको र तत्कालै उपचारका लागि लहानस्थित सप्तऋषि अस्पताल लगिएकोमा बिहान ४ बजेतिर मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता भुवनेश्वर साहले बताए ।
सप्तरीको उत्तरी र पूर्वी क्षेत्रमा हात्ती आतंक दैनिक रुपमा बढेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4