Comments Add Comment

विराटनगरमा कांग्रेसको जुलुस र मोटरसाइकल र्‍याली

२९ मंसिर, विराटनगर । सरकारविरुद्ध सडक प्रदर्शन सुरु गरेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विराटनगरको महेन्द्र चोकमा कोणसभा गरेको छ । विराटनगरको कार्यक्रमका लागि मोरङ जिल्लाभरबाट कार्यकर्ता बोलाइएको थियो ।

कांग्रेस कार्यकर्ताहरुले तीनपैनी चोकबाट मोटरसाइकल र्‍याली निकालेका थिए भने वीरेन्द्र सभागृहदेखि महेन्द्र चोकसम्म जुलुस निकालेका थिए ।

महेन्द्रचोकमा आयोजित कोणसभालाई कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सम्बोधन गरेका छन् । उनले ३ वर्षसम्म सरकारले राम्रो काम गर्न नसकेको र भ्रष्टाचारमा लिप्त भएकाले कांग्रेस सडकमा आएको बताए ।

उनले अहिले भ्रष्टाचार सगरमाथाको उचाइ भन्दा पनि माथि पुगेको भन्दै थपे, ‘अहिले सगरमाथाको उचाइ बढेको छ, त्यो भन्दा बढी भ्रष्टाचारको उचाइ बढेको छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment