Comments Add Comment

तीन महिनामा बैंकको कर्जा लगानी २ खर्ब, मंसिरमा मात्रै ४९ अर्ब ऋण प्रवाह

२९ मंसिर, काठमाडौं । बैंकहरुमा कर्जाको माग ह्वात्तै बढेको छ । पछिल्लो ३ महिनामा नै ‘क’ वर्गका बैंकहरुले मात्रै करिब २ खर्ब रुपैयाँले कर्जा लगानी गरेका छन् । नेपाल बैंकर्स संघका अनुसार असोजयता मात्रै १ खर्ब ९७ अर्ब रुपैयाँ कर्जा लगानी भएको छ । हालसम्मकाे तथ्यांक अनुसार वाणिज्य बैंकहरूकाे कर्जा लगानी ३१ खर्ब नाघेकाे छ ।

गत भदौ मसान्तमा वाणिज्य बैंकहरुको कर्जा लगानी २९ खर्ब १३ अर्ब रुपैयाँ रहेको थियो । यो बढेर २६ मंसिरसम्म ३१ खर्ब १ अर्ब रुपैयाँ पुगेको बैंकर्स संघले जनाएको छ ।

११ चैतमा देशभर लकडाउन भए पनि बैंकिङ कारोबार खुला नै रहेको थियो । तर बैंकमा कर्जाको माग भने अत्यन्तै कम मात्रै आएको थियो । लामो समय हुन नसकेको कर्जा लगानी भदौं पछि भने निकै बढेको संघले जनाएको छ ।

भदौंमा २९ खर्ब ४ अर्ब रहेको बैंकहरुको कर्जा लगानी असोज अन्तिम सातासम्म आइपुग्दा ३० अर्ब ३५ अर्ब पुगेको थियो । त्यसपछि पनि कर्जा लगानी बढ्ने क्रम रोकिएन ।

कात्तिक मसान्त्मा ३० खर्ब ५२ अर्ब रुपैयाँ पुगेको बैंकको कर्जा लगानी २६ पुससम्म आइपुग्दा ३१ खर्ब नाघेको हो । मंसिर महिनामा मात्रै कर्जा लगानी ४९ अर्ब रुपैयाँ बैंकहरुले कर्जा लगानी गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment