+

बार्सिलोना र पीएसजी अन्तिम १६ मै भिड्ने

२०७७ मंसिर  २९ गते १७:२२ २०७७ मंसिर २९ गते १७:२२
बार्सिलोना र पीएसजी अन्तिम १६ मै भिड्ने

२९ मंसिर, काठमाडौं । बार्सिलोना र पेरिस सेन्ट जर्मेन च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमै भिड्ने भएका छन् ।

सोमबार सार्वजजिक अन्तिम १६ को ड्रमा बार्सिलोनाले पीएसजी प्रतिद्वन्द्वी पाएको हो । बार्सिलोना समूह जीको उपविजेता हो भने पीएसजी समूह एचको बिजेता हो ।

साविकको विजेता बार्यन म्युनिखले लाजिओ, लिभरपुलले लाइपजिग, म्यानचेष्टर सिटीले बोरुसिया मुन्छेनग्लाडबाख, चेल्सीले एथ्लेटिको मड्रिड, युभेन्टसले पोर्टोसँग खेल्नेछ ।

बोरुसिया डर्टमुन्डले सेभियासँग खेल्दा रियल मड्रिडले एटलान्टा प्रतिद्वन्द्वी पाएको छ ।

अन्तिम १६ को पहिलो लेग फेब्रुअरी १६,१७, २३ र २४ मा हुनेछ भने सेकेन्ड लेग ९,१०, १६ र १७ मा हुनेछ ।

च्याम्पियन्स लिग पेरिस सेन्ट जर्मेन बार्सिलोना

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय