+
+

सशक्त दबाबको सुरूआत हो सोमबारको प्रदर्शन : देउवा

अनलाइनखबर अनलाइनखबर
२०७७ मंसिर २८ गते २०:१२

२८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा सरकारलाई सडकदेखि संसदसम्म तीव्र दबाब दिने बताएका छन् ।

प्रतिपक्षका रूपमा कांग्रेसले निरन्तर शालीन, संवादमैत्री र जिम्मेवार भूमिका निभाउँदै आएको तर वर्तमान सरकारले त्यसलाई कमजोरीका रूपमा बुझ्ने धृष्टता गरेको उनको आरोप छ । ‘अर्कातर्फ भ्रष्टाचार, कुशासन र अधिनायकवादी आकांक्षामा आफूलाई केन्द्रित गर्दै लग्यो,’ उनले भनेका छन् ।

भोलि सोमबार २९ गते देशभर हुने प्रदर्शनको अघिल्लो दिन अपिल जारी गर्दै देउवाले भनेका छन्, ‘नेपाली कांग्रेसले सडकदेखि संसदसम्म अब सरकारलाई तीव्र दबाब दिनु छ र जनताको वितृष्णालाई सम्बोधन गर्न संयम तर सशक्त ढंगले अघि बढ्नुछ । त्यसकै सुरुआत हो भोलिको सांकेतिक प्रदर्शन ।’

भोलिको प्रदर्शनबाट शक्ति हासिल गर्दै आगामी संसदमा नेपाली कांग्रेस थप प्रभावकारी ढंगले प्रस्तुत हुने देउवाले बताएका छन् । उनले प्रदर्शनलाई व्यवस्थित र शान्तिपूर्ण बनाउन, भौतिक दुरी राख्न तथा मास्क प्रयोग गर्न अपील गरेका छन् ।

हेर्नुहोस् देउवाको  अपील

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?