+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

तिनाउ नदी सरसफाइ अभियान सुरु

अनलाइनखबर अनलाइनखबर
२०७७ माघ ५ गते १७:०८

५ माघ, बुटवल । रुपन्देहीमा तिनाउ नदी सरसफाइ अभियान सुरु भएको छ । तिनाउ नदी सरसफाइ अभियानको आयोजनामा अभियान सुरु भएको हो ।

बुटवल नयाँ बसपार्कबाट र्‍यालीसहित पुगेको टोलीले तिनाउ पुल तलबाट नदी सरसफाइ सुरु गरेको हो । अभियानको उद्घाटन गर्दै मानव अधिकार तथा शान्ति समाजका केन्द्रीय वरिष्ठ उपसभापति गोविन्द खनालले वातावरण संरक्षण, आदि मानव रामापिथेकसको बङ्गारा भेटिएको ऐतिहासिक तिनाउ नदीको सभ्यता र जलचर प्राणीको अस्तित्व जोगाई नदीलाई स्वच्छ बनाउन सरसफाइ अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

कार्यक्रममा पब्लिक क्यापस प्राध्यापक संघका अध्यक्ष गोपाल पाण्डे, नागरिक समाज रुपन्देहीका अध्यक्ष क्याप्टेन रमेशबहादुर केसी, मानव अधिकार तथा शान्ति समाज रुपन्देही अध्यक्ष डीपी खनाल, अभियानकी संयोजक रिता केसी लगायतले अभियानलाई निरन्तरता दिन सुझाव दिए ।

पहिलो दिन तिनाउ पुलबाट दक्षिणतर्फ पाँच सय मिटर क्षेत्रमा सरसफाइ गरिएको छ । प्रत्येक महिनामा कम्तीमा एक दिन नदी सरसफाइ गरिने अभियानमा वुमन केयर नेपाल रुपन्देही, किवानिज क्लब बुटवल, लायन्स क्लब अफ बुटवल क्पापिटल,नागरिक समाज रुपन्देही र घर घरमा हामी लगायतका संघसंस्थाले सहभागिता जनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?