+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

कर्णालीका पाँच स्थानीय तहमा सौर्य प्रर्णालीबाट विद्युत् उत्पादन हुँदै

रासस रासस
२०७७ माघ २० गते १२:४८

२० माघ, मान्म (कालीकोट) । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र काठमाडौँले कर्णालीका पाँचवटा स्थानीय तहमा सौर्य विद्युत् प्रणालीको जडान गर्न थालेको छ । केन्द्रको अनुदानमा स्थानीय तहको स्वामित्व रेखदेख गर्ने गरी सौर्य विद्युत् प्रर्णाली जडान गर्न लागिएको हो ।

केन्द्रले कर्णालीका पाँचवटा स्थानीय तहमा तीन महिनाभित्र सौर्य विद्युत् प्रणाली जडान गर्न लागेको हो । जुम्लाको गुठीचौर गाउँपालिका-२ मुरेली गाउँमा ५०, तिला गाउँपालिका-६ को पोखरी गाउँमा ५०, मुगुको सोरु गाउँपालिका-६ सोरुकोटमा ६०, बारेकोट गाउँपालिका-५ को लिम्सामा १७० र कालीकोटको रास्कोट नगरपालिका-९ फुकोटमा ७५ किलोवाट सौर्य प्रणालीबाट विद्युत् उत्पादन गर्ने तयारी केन्द्रले थालेको हो ।

गुठीचौरमा सौर्य विद्युत् उत्पादन गर्न ३५ लाख, तिलामा ३३ लाख, सोरुमा ३५ लाख, रास्कोटमा ५० लाख र बारेकोटमा ९५ लाख रकम विनियोजन भएको केन्द्रले जनाएको छ ।

केन्द्रले ९० र स्थानीय तहले १० प्रतिशत बजेटको व्यवस्था गर्नुपर्ने रास्कोट नगरपालिकाका प्रमुख काशिचन्द्र बरालले बताए । ‘बोलपत्रका लागि सूचना आह्वान भइसकेको छ । तीन महिनाभित्र सौर्य प्रणाली जडान हुन्छ’, उनले भने, ‘सौर्य विद्युत् प्रणालीले नगरपालिकाभित्रका सबै घरधुरीमा उज्यालो हुनेछ ।’

विद्युत्को राष्ट्रिय प्रसारण केन्द्रसँग नजोडिएको कर्णालीका सौर्य ऊर्जाबाट विद्युत्को पहुँच वृद्धि गर्ने उद्देश्यले केन्द्रको सहयोगमा सौर्य प्रणालीबाट विद्युत् जडानको सम्झौता भएको र त्यसैअनुसार निर्माणको काम पनि अगाडि बढेको जुम्ला गुठीचौर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामलाल प्याकुरेलले बताए । ‘यसभन्दा अगाडि नै केन्द्रसँग गाउँपालिकाले सम्झौता गरेको थियो’, उनले भने ।

लेखक
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?