+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
155/7 (20)
VS
Sudurpaschim Royals won by 77 runs
विराटनगर किंग्स 2025
78/10 (14.1)
Shares

संसद पुनर्स्थापनाबारे अदालतले अन्यथा फैसला गर्ने ठाउँ छैन : पौडेल

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन १ गते १७:१८

१ फागुन, काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद पुनर्स्थापनाको विकल्प नभएको बताएका छन् । यद्यपि सर्वोच्च अदालतले अन्यथा फैसला गर्नसक्ने हो की भन्ने आशंका भने कायम रहेको उनको भनाइ छ ।

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको पुस्तक ‘गुमनाम आमाहरू’ को शनिबार काठमाडौंमा लोकार्पण गर्दै पौडेलले भने, ‘अदालतले अर्कै फैसला गर्ने हो की भनेर सोच्नुपर्ने अवस्था छ, तर त्यसका लागि कँहि ठाउँ नै छैन ।’

संसद विघटन गरेर प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासघात गरेको वरिष्ठ नेता पौडेलको आरोप छ । संविधानको धारा ७६ को ७ अनुसार मात्रै संसद विघटन गर्ने प्रावधान राख्ने विषयमा स्यवम ओलीले सहमति गरेको उनले बताए ।

कार्यक्रममा पौडेलले भने ‘संविधान विपरीत संसद विघटन गरेर ओलीजीले विश्वासघात गर्ने काम गर्नुभयो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?