
६ फागुन, काठमाडौं । साताको अन्तिम कारोबार बिहीबार सेयर बजार बढेर बन्द भएको छ । सेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अंकले बढ्दा अधिकांशक कम्पनीहरुको सेयर मूल्य बढेको छ ।
केहि दिन यता बैंकिङ क्षेत्रमा देखिदै आएको लगानीकर्ताको आकर्षण बिहीबार पनि कायमै रहेको छ । बैंकिङ, व्यापार, विकास बैंक लगायतका सबइन्डेक्सहरु बढेर हरियाली देखिदा बिमा र लघुवित्तहरुको सबइन्डेक्स भने घटेर राताम्मे देखिएका छन् ।
कारोबार रकम पनि ९ अर्ब रुपैयाँ नजिक पुगेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो ।
बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक २५ दशमलव २३ अंकले उकालो लागेर २ हजार ६ सय ३६ दशमलव ६८ अंकमा पुगेको छ । ‘क’ वर्गका कम्पनीहरुको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ६.७७ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकम ८ अर्ब ७६ करोड रुपैयाँ नाघेको छ । यस अघि बुधबारको कारोबारमा मुश्किलले ८ अर्ब रुपैयाँको कारोबार भएको थियो । सबैभन्दा धेरै बिहीबार व्यापार समूहको सबइन्डेक्स बढेको छ । यो समूहको सबइन्डेक्स २.४५ प्रतिशतले बढेको छ भने विकास बैंक २.३३ अंकले बढेको छ ।
बैंकिङ सबइन्डेक्स पनि १.२२ प्रतिशतले बढेको छ । निर्जिवन बिमा समूहको सबइन्डेक्स भने ०.३८ प्रतिशतले घटेको छ भने जीवन बिमाको ०.६२ प्रतिशतले घटेको छ । लघुवित्त समूह पनि ०.५९ अंकले घटेको छ ।
प्रतिक्रिया 4