+
+

आगलागीबाट एक घर जलेर नष्ट

अनलाइनखबर अनलाइनखबर
२०७७ फागुन २७ गते १७:३१

२७ फागुन, काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका–५ उकालीपानीमा आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ । बिहीबार अपरान्ह अचानक भएको आगलागीबाट सन्तोष लिम्बूको घर जलेर नष्ट भएको हो ।

घरमा कोही नभएको बेला भएको आगलागीबाट दुई लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रहरीले जनाएको छ ।

एक्लै बस्दै आएका लिम्बूको घरमा आगलागी हुँदा अन्नपात, लत्ताकपडालगायत सामान र करिब एक लाख ५० हजार रुपैयाँ बराबरको कच्ची घर पूर्ण रुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

नगरपालिकाको दमकलको सहायतामा स्थानीयवासी र प्रहरीले आगो नियन्त्रणमा लिएका छन् । आगलागीको कारण भने खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?