Comments Add Comment

एमाले अध्यक्ष ओलीलाई ३८ सांसदको ज्ञापनपत्र : बोर्ड गठन विधान विपरित छ

६ चैत, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालसहितका ३८ सांसदले अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओली*लाई पाँचबुँदे ज्ञापनपत्र बुझाएका छन् ।

ज्ञापनपत्र बोकेर सांसदहरु सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, यज्ञराज सुनुवार बालुवाटार पुगेका थिए । ज्ञापनपत्रमा संसदीय दलको विधान नबन्दै बोर्ड गठन गरेकोमा आपत्ति जनाइएको छ ।

‘संसदीय दलसम्बन्धी पार्टी विधानको व्यवस्था विपरित भए गरिएका काम कारबाहीमा सहमति जनाउनु विधान विपरित भई लोकतान्त्रिक पद्धतिको समेत उल्लंघन हुन्छ’ ज्ञापनपत्रमा भनिएको छ ।

विधान, विधि, प्रक्रिया र स्थापित अभ्यास अनुरुप आयोजना हुने संसदीय दलको बैठकमा उपस्थित हुन प्रतिबद्ध रहेको समेत ३८ सांसदले बताएका छन् । तर शनिबार बालुवाटारमा बोलाइएको बैठकमा भने नआउने उनीहरुले बताएका छन् ।

ज्ञापनपत्र बुझ्दै ओलीले समूहगत प्रस्ताव स्वीकार्न नसकिने बताए । ‘हामी सबै सूर्य चिन्हबाट जितेका हौं, यहाँ कुनै समूह छ र ?’ ओलीले प्रश्न गरे ।
आफूले बोलाएको बैठकमा एमालेका सबै सांसद आउन सक्ने ओलीको भनाइ थियो ।

* संसदीय दलकाे नेता केपी शर्मा ओली हुनुपर्नेमा अन्यथा भएकाले क्षमाचायनासहित सच्याएका र्छौं – सं.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment