Comments Add Comment

प्रचण्डलाई धेरै सम्झाउन खोजें, तर मानेनन् : वामदेव

फाइल तस्वीर

७ चैत, काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतबाट एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला आउनु ऐतिहासिक भएको बताएका छन् । एमाले संसदीय दलको बैठकमा सहभागी हुँदै गौतमले ऋषिराम कट्टेलको माग दाबी मात्रै फैसला भएको भए नेकपा न विभाजन न एकताको अवस्थामा रहने बताए ।

‘सर्वोच्चले ऋषिराम कट्टेलको मागलाई मात्रै सम्बोधन गरेर नाम मात्रै फेरेको भए नेकपा न एकता, न विभाजन हुन्थ्यो,’ गौतमले भने । तर, अदालतको फैसलाले एमाले र माओवादी ब्युँताइदिएर ऐतिहासिक फैसला गरेको उनले बताए । गौतमले अदालतको २३ फागुनको फैसलालाई खुसी भएर स्वागत गरेको बताए ।

गौतमले सम्बोधनका क्रममा ४ पुसमा प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता पनि सम्झिएँ । ‘पुस ४ गते प्रधानमन्त्री र प्रचण्डको वार्तामा साक्षी थिएँ । त्यो बेला प्रधानमन्त्रीले दुईवटा प्रस्ताव गर्नुभयो । १९ बुँदे आरोपपत्र फिर्ता लिने र मैले भनेको व्यक्तिलाई प्रधानमन्त्री बनाउने,’ उनले भने । तर, प्रचण्डले नमानेको गौतमले ब्रिफिङ गरे ।

प्रचण्डलाई आफूले पनि धेरै सम्झाउन खोजेको बताए । ‘मैले धेरै सम्झाउन खोजें, उहाँले मान्नु भएन । मैले पार्टी एकता कुनै हालतमा जोगाउनुपर्छ भनें,’ उनले भने । संसद् विघटन गर्ने र अविश्वासको प्रस्तावबारे थाहा नपाएको पनि गौतमले बताए ।

यदि, थाहा भएको भए धर्ना बस्ने पनि गौतमको भनाइ थियो । संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसलापछि खुसीले नमात्तिएको र निराश पनि नभएको बताए । तर, यसपछि प्रधानमन्त्री ओलीलाई राजीनामा दिन सुझाव दिएको बताए । ‘मैले राजीनामा दिनुहोस् भने उहाँले दिनु भएन, तर पार्टी एक बनाउँछु भन्दा खुसी भएर अंकमाल गरेर फर्किएँ,’ गौतमले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment